• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कम्प्युटरको ‘कट, कपी एण्ड पेस्ट’का आविष्कारकको निधन

एजेन्सी । कम्प्युटरमा कट, कपी एण्ड पेस्टका आविष्कारक इन्जिनियर ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । 

बुधबार एक ट्विट मार्फत् ‘जेरोक्स’ कर्पोरेशनले टेस्लरको निधन भएको पुष्टि गरेको छ । जेरोक्सले उनको सोमबार नै निधन भएको जानकारी दिएको छ । 

न्युयोर्कमा जन्मेका टेस्लरले स्ट्यानफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्सको अध्ययन गरेका थिए । सन् १९७३ मा उनी जेरोक्स पालो अल्टो रिसर्च सेन्टर प्रवेश गरेका थिए । 

टेस्लरले सेन्टरमा साथी टिम मोटसँग मिलेर जिप्सी टेक्स्ट एडिटर तयार पारेका थिए । त्यसैमा उनले टेक्स्टलाई कपी र मुभ गर्ने मेथड तयार पारे । 

मोडलेस एडिटिङ र कट कपी पेस्टको आरम्भिक आविष्कारक आफू भएको टेस्लरले लेखेका थिए । 

एप्पलका सहसंस्थापक स्टिभ जब्सले पनि सेन्टरको यस रिसर्चलाई एप्पल प्रोडक्टलाइ थप राम्रो बनाउन उपयोग गरेका थिए । जब्स जेरोक्स आउँदा त्यस टीममा टेस्लर पनि थिए । सेन्टर बाहेक टेस्लरले अमेजन र याहूमा पनि काम गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर