मुलुकका ५ विद्यालयमा नमुनाका रुपमा आयुर्वेद तथा योग शिक्षा

बुटवल । मुलुकका पाच वटा विद्यालयहरुमा सञ्चालन गरिएको आयुर्वेद तथा योग शिक्षा कार्यक्रम प्रभावकारी भएको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाण्डौ. उपत्यकाका ३ वटा प्रदेश २ को एउटा र प्रदेश पाचको एउटा गरी ५ वटा विद्यालयमा यस किसिमको शिक्षा चालु शैक्षिक सत्रमा सञ्चालनमा ल्याएको छ ।

यो शिक्षाका लागि सानो पाठ्यक्रम समेत बनाएको विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले बताए ।  वार्षिक रुपमा यसका लागि २० वटा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरी ब्यवस्था मिलायएको उनले बताए । विद्यालयमा स्वस्थ्य पढाउने शिक्षकलाई आवश्यक ज्ञान दिलाएर कक्षा सञ्चालन गर्ने सोच अनुरुप काम भइरहेको उनको भनाइ छ । प्रदेश नम्वर पाचको बुटवल स्थीत जनता माविमा सञ्चालन गरिएको यस किसिमको शिक्षाका लागि लुम्विनी आयुर्वेद चिकित्सालय बुटवलका वैद्य तथा योग प्रशिक्षक विष्णुहरी आचार्यले बेला बेलामा प्रशिक्षक दिदै आएका छन । 

के के हुन्छ आयुर्वेद तथा योग शिक्षामा ?
महानिर्देशक उपाध्ययका अनुसार यस किसिमको शिक्षालाई विभिन्न तीन क्षेत्रमा वर्गिकरण गरिएको बताए । जसमा जीवनशैली सिकाउने कक्षाहरु केही दिन सञ्चालन हुने छन । त्यस्तै रोगका बारेमा जानाकारी गराउने कक्षहरु र जडीवुटीका बारेमा जानाकारी गराउने कक्षाहरु रहनेछन ।

अहिलेका नया पुस्तालाई कस्तो खाना खाने, विहान कतिवेला उठ्ने, राती कतिवेला उठ्ने, पानी कति खाने समेत ज्ञान छैन तसर्थ यी कुराहरुका अतिरिक्त रोगका बारेमा जानाकारी गराउदै स्वस्थ्य जीवनशैलीका बारेमा ज्ञान दिदा सकरात्मक प्रभाव पार्छ, उनले भने ।योगा सहितको यस कार्यक्रमले विद्यार्थीहरुको स्मरण शक्ति बढाउन समेत मद्दत मिल्ने बताए ।  

कस्तो छ त विद्यालयमा यसको प्रभाव ?
बुटवल स्थीत जनता माविमा यस सम्वन्धी शिक्षामा प्रशिक्षकका रुपमा बेला बेलामा शिक्षा दिदै आएका योग प्रशिक्षक विष्णुहरी आचार्य यस किसिमको शिक्षाले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा समेत सकरात्मक प्रभाव पारेको बताउछन । विद्यार्थीहरुले आहार विहार देखि दिनचर्या र ऋतु चर्या सम्मका कुराहरु सिक्न पाउने र यी कुरा घरमा समेत बताउने हुदा सिंगो समाजमा स्वस्थ्य जीवनका लागि राम्रो प्रभाव पार्ने उनले बताए । विद्यार्थीहरुलाई योगका बारेमा पनि अभ्यास गराइएको भन्दै आचार्यले स्थानिय जडीबुटीको परिचयदेखि पयोगसम्मका कुराहरुको ज्ञान समेत विद्यार्थीले पाउने गरेको बताए । 

विद्यालयका प्रअ आशा थापा वस्नेतले यस किसिमको शिक्षाले राम्रो प्रभाव पारेको बताउछिन । विद्यार्थीहरुमा अनुशासन कायम गर्न मद्दत मिलेको तथा स्वस्थ्यमा पनि सकरात्मक प्रभाव पारेको विद्यार्थीहरुले बताउने गरेको उनले बताइन । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिने गरिएको उनले बताइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर