• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

थ्रिस्टार क्लब शिवसताक्षी गोल्डकपको फाइनलमा

झापा । तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ । जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ ।

आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल किप्पर मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो । खेलको ८२ औँ मिनेटमा अर्काे एक गोल थप्दै थ्रि स्टारले जित सुनिश्चित बनाएको थियो । कप्तान विक्रम लामाले गोल गरेका हुन् ।

खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोलको दिशा दिएका थिए ।

सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । भोलि हुने दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर