• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

को हुन् बार्सिलोनाले भित्र्याएका स्ट्राइकर ब्रेथवेट ?

एजेन्सी । जारी सिजन कमजोर प्रदर्शन गरिरहेको बार्सिलोनाले क्लबका पुराना प्रशिक्षक अर्नेस्टो भाल्भार्डेलाइ विदा गर्यो । नयाँ कोचका रुपमा क्वीक सेटिन आएका छन् । तर पनि बार्साको लय फर्किएको छैन । स्ट्राईकरहरु लुईस स्वारेज तथा ओसमान डेम्बेले घाईते भएपछि बार्सिलोनाले बिहिबार मात्रै नयाँ स्ट्राईकर भित्र्याएको छ । 

बार्साले लेगानेसका डेनिस स्टार मार्टिन  ब्रेथवेटलाई क्लबमा अनुबन्ध गरेको छ । सन् १९९१ मा जन्मिएका २८ वर्षीय ब्रेथवेटलाई बार्सिलोनाले ला लिगा प्रतिद्वन्द्वी क्लब लेगानेसबाट अनबुन्ध गरेको हो ।

ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले डेनिस फुटबलर ब्रेथवेटसँग सन् २०२४ सम्मको सम्झौता गरेको स्पेनिस मिडियाले लेखेका छन् । डेनमार्कका उनी अब ३० जुन २०२४ सम्म क्याप नोउबाट खेल्नेछन् ।

बार्सिलोनाले ब्रेथवेटका लागि १८ मिलयन युरो खर्चिएको जनाइएको छ । लेगानेसबाट मार्टिनले २४ खेलमा ६ गोल र २ असिस्ट गरेर एभरेज छवि बनाएका छन् ।

डेम्बेले ह्यामस्ट्रिंग का कारण ६ महिना मैदानबाहिर छन् भने  स्वारेज  घुँडाको शल्यक्रियाका आराम गरिरहेका छन्।
को हुन्  ब्रेथवेट ?
डनमार्कको ईसबर्गमा स्न १९९१ जुन ५ तारिखमा जन्मिएका ब्रेथवेट को पुरा नाम मार्टिन क्रिष्टेनसन ब्रेथवेट हो । फरवार्ड पोजिसनमा खेल्नी उनी ५ फिट १० ईन्चका छन् ।

उनको युथ करिअर ईसबर्ग एफसीबाट सुरु भएको हो ।डेनमार्कको राष्ट्रिय टिमका लागि खेलेका ३९ खेलमा उनले जम्मा गोल गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर