• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘युवाहरुले बुझ्नुस, एमसीसी घातक छ’–महरा

प्रचण्डसँग डेढ घन्टा भेटघाट, महरा उत्साहीत

काठमाडौं । बलत्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले गत सोमबार काठमाडौं जिल्ला अदालतबाट सफाई पाए । सोमबार दिउँसो अदालतबाट सफाई पाएर डिल्लिबजार कारागार पुगेर महरा केहीबेर त्यहाँका कैदीहरुसँग विदा भएर सिधै निजि निवास खुमलटार पुगे । 

उनी खुमलटार पुगेदेखि अहिलेसम्म उनलाई भेट्ने उनका शुभचिन्तकहरुको भिड लागेको छ । यसैबीच, बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही विद्यार्थी नेताहरु उनलाई भेट्न खुमलटार पुगेका थिए । 

भेटघाटमा सहभागी एक विद्यार्थी नेताका अनुसार महराले एमसीसी देशका लागि घातक भएको बताए । भेटघाटका क्रममा उनले भनेका थिए,‘एमसीसी नेपालका लागि घातक छ । यसबारे म अहिले धेरै बोल्न चाहन्न । युवा साथिहरुले अहिले यत्ति बुझ्नुस एमसीसी नेपालका लागि घातक छ ।’

यसअघि विभिन्न संचारमाध्यममा एमसीसीसँग महराको नाम जोडिएर आउने गरेको छ । नेकपाभित्र एमसीसीको विषयमा तीन धार देखिएका छन् । प्रधानमन्त्रीसहित एउटा पक्ष एमसीसी पारित गराउनपर्ने पक्षमा छ । अर्को पक्ष देशको हितमा हुनेगरि पारित गर्नुपर्ने पक्षमा छ भने तेश्रो पक्ष, राष्ट्रघाती हुने भन्दै पारित गर्न नहुने पक्षमा उभिएको छ ।

साथै, नेकपाले एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवाली र वरिष्ठ नेता झलनाथ खनाल छन् । 

बिहीबारको विद्याथीसंगको भेटवार्ताका क्रममा महराले भनेका थिए, ‘एमसीसीबारे सबैभन्दा बढी जानकार म नै हुँ । यो देशका लागि राम्रो छैन् । अहिलेलाई यति बुझ्नुस्, बाँकी कुरा पछि भन्दै जान्छु ।’

प्रचण्डसँग डेढ घन्टा भेटघाट, महरा उत्साहीत
अदालतबाट सफाई पाएसँगै महरा एकदमै उत्साहीत छन् । खुमलटारमा नेकपा अध्यक्ष प्रचण्ड र महरा निवास लगभग दुई मिनेटका दूरीमा मात्र छ । उनले बुधबार अध्यक्ष दाहालसंग झण्डै डेढ घन्टा वार्ता गरेको खुमलटार स्रोतको दाबी छ । 

स्रोतका अनुसार अधयक्ष दाहालसंगको भेटवार्तापछि महरा निकै उत्साहीत छन् । ‘मलाई फसाइएको थियो, सफाई पाएसँगै म एकदमै खुसी छु । मलाई भेट्न आउने शुभचिन्तक र कार्यकर्तालाई पहिलो चरण सम्बोधन हुनेगरी भेद्धवार्ता गर्छु ।’ उनले प्रचण्डलाई भनेका थिए । 

साथै, आफू रोल्पा र दाङमा आफ्ना शुभचिन्तकलाई भेट्न एकपटक पुग्ने जानकारी प्रचण्डलाई गराएका थिए । ‘मेरो सफाईसँगै खुसीयालीमा दाङ र रोल्पामा धेरै उत्साहीत भएका छन् । म एकपटक उहाँहरुलाई भेटेर आउँछु ।’ अध्यक्ष प्रचण्डलाई भनेका थिए । 

खुमलटारमा उनको भेटघाटको व्यवस्थापन उनका कान्छा छोरा तथा नेकपाका युवा नेता राहुल महराले गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर