• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिकी रक्षा र राष्ट्रपति ट्रम्पको सूचना प्रणाली ह्याक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । अमेरिकाको ह्वाइट हाउसका लागि सुरक्षित सञ्चार प्रणालीको जिम्मा लिएको संस्थाको सम्पूर्ण प्रणाली नै ह्याक भएको बताइएको छ ।

अमेरिकी रक्षा विभागको सूचना प्रणाली नियन्त्रण गर्ने ‘डिफेन्स इन्फोरमेसन सिस्टम एजेन्सी’ ह्याक भएर २ लाखभन्दा बढी व्यक्तिगत जानकारी ‘लिक’ भएको बताएको हो ।

उक्त एजेन्सीले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कलको तथ्याङ्क र सैन्य सञ्चार सुरक्षाको जिम्मा लिएको थियो । सूचना लिक भएका व्यक्तिहरुको नाम र सुरक्षा नम्बर चोरी भएको र यसका लागि एजेन्सी जिम्मेवार रहेको विभागको भनाइ छ ।

डिफेन्स एजेन्सीमा मात्रै आठ हजार सेनाले काम गर्छन । यद्यपी त्यहाँबाट अन्य धेरैको सञ्चार तथ्याङ्क प्रशारण भइरहेको हुन्छ । विभागका प्रवक्ताले भनेका छन्, ‘दैनिकरुपमा केही न केही प्रणालीमाथि साइबर आक्रमण भइरहन्छ, यसका लागि को जिम्मेवार छ अहिलेनै भन्न सकिंदैन ।’

एजेन्सीले तथ्याङ्क चोरी भएका व्यक्तिहरुको जानकारी गराउँदै, लिक भएका सूचनाको अहिलेसम्म गलत प्रयोग नभएको अनुमान गरेको छ । अमेरिकी डाटा विश्लेषक एवं साइबरविद् एन्डि पियाजाले आफुलाई सधैं जसो डाटा उल्लंघनसम्बन्धि पत्र आइराख्ने गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर