• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मेसी खेल्दा खेल्दै मैदानमै थकाई मार्छन्–एईबर कोच

एजेन्सी । शनिबार स्पेनिस लिग पावर हाउस बार्सिलोनाको सामना गर्नुपूर्व एईबरका कोच मेनडिलिबरले मेसीले फुटबलको मैदानमा नै थकाई मार्ने गरेको दावी गरेका छन् । शुक्रबार प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै मेनडिलिबरले मेसीलाई कतिबेला थकाईमार्ने कतिबेला खेल्ने भन्ने कुराको राम्रो ज्ञान भएको बताए ।

स्पेनिस मार्काका अनुसार एईबरका कोचले भनेका छन्, ‘दिस बास्टर्ड’ (मेसी)लाई थाहा छ कि कतिबेला खेलमा सहभागि हुनुपर्छ र कतिबेला थकाईमार्नुपर्छ भन्ने ।’

त्यस क्रममा उनले विगतमा बार्सिलोनासँग खेल्दाको अनुभव समेत सुनाएका थिए । जहाँ मेसीले ओसासुना विरुद्ध बेन्चबाट गएर २ गोल हानेका थिए ।

उनले थपेका छन्, ‘उनिहरुले के गर्छन् भन्ने कुरा हामीले हेरिरहेका छौं, तपाई पनि हेर्नुस् उनिहरुले सवैथोक गर्छन् र त्यो डरलाग्दो चलचित्र जस्तो हुनेगर्दछ ।’

शनिबारको खेल बार्सिलोनाका लागि कोशेढुंगा जस्तै हुने छ । लिगमा बार्सिलोना लिगको शीर्ष स्थानको रियल मड्रिड भन्दा १ अंकले मुनी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर