• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

युक्रेनमा चीनबाट उद्दार गरिएका नागरिक चढेको बसमा आक्रमण

एजेन्सी । युक्रेनमा चीनको वुहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि दर्जनौँ प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

उद्दार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेका ६ वटा बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् । 

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुले आक्रमण गरेको बताइएको छ । बिहीबार युक्रेनको खार्किभमा आइपुगेका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्न मध्य पोल्टाभा क्षेत्रको नोभी सन्जारी अस्पताल लैँजादा गर्दा आक्रमण गरिएको हो ।

युक्रेनको सुरक्षा सेवा (एसएसयु)ले स्वास्थ्य मन्त्रालयको नामबाट आएको नक्कली इमेलले चीनबाट ल्याइएका केही नागरिकमा संक्रमण भएको उल्लेख गरेको थियो ।

उद्दार गरिएका कसैलाई पनि अहिलेसम्म भाइरसको संक्रमण नदेखिएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्वरो देखिएका कारणले काजकिस्तान र युक्रेनका ३ जनालाई चीनमै छोडेर आएको युक्रेनको कुटनीतिक नियोगले जनाएको छ । 
 
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्सकीले जनतालाई एकतावद्ध, मानवता देखाउन अपिल गरेका छन् । डिसम्बरदेखि कोरोन भाइरसको संक्रमण फैलिएपछि चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्दार गरिरहेका छन् ।  

अहिलेसम्म भाइरसबाट ७६ हजार ७ सय १६ संक्रमित भएका छन् । २ हजार २ सय ४७ को मृत्यु भएको छ र १८ हजार ४ सय ३८ जना निको भएर घर फर्केका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर