• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

युवा स्ट्राइकर हल्याण्डले राखे यस्ताे लक्ष

एजेन्सी । पछिल्लो चरणमा विश्व फुटबल जगतमा चर्चाको शिखरमा रहेको एउटा नाम हो अर्लिङ हल्याण्ड । १९ वर्षका यी नर्वेजियन युवाले च्याम्पीयन्स लिगमा सनसनी मच्चाइरहेका छन् ।

पछिल्लो पिएसजी विरुद्धको खेलमा व्यक्तिगत २ गोल गरेर पहिलो लेगमा डर्टमण्डलाई जिताए । 

डर्टमण्डका लागि डेब्युगरेपछिका ७ खेलबाट उनले ११ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा टिन एजमै १० भन्दा धेरै गोल गर्ने विश्वकै दोश्रो खेलाडी बनेका छन् ।

हल्याण्डका बाबु अल्फ ईन्ग हल्याण्डले २ दशक अघि लिड्य युनाईटेड तथा म्यानचेष्टर सिटीबाट खेलेका थिए ।

उनले ताजा प्रतिक्रिया दिदै भनेका छन्, ‘म कम्तिमा पनि मेरा बाबुको भन्दा राम्रो गर्ने प्रयास गर्नेछु ।’ ब्रन्डसलिगासँगको कुराकानीका क्रममा हल्याण्डले भनेका छन्, मेरा लागि मेरा बाबु नै ठुलो रोलमोडल हुन् । म सधै उत्कृष्ट खेलाडी बन्ने प्रयास गर्नेछु । मेरा बाबुले नर्बेका लागि ३४ र प्रिमियर लिगमा बेलायतमा २ सय भन्दा धेरै खेल खेलेका छन् ।

आफु ब्रुन्डसलिगामा आएको छोटो समयमा नै यो उपलव्धी हाँसिल गर्न सक्नुमा उनले आफ्ना साथीहरुलाई श्रेय दिएका छन् । विश्वस्तरका साथीहरुको साथ र पासले आफुले गोल गर्न सकेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर