• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बास्कोटालाई कारबाही माग्दै प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्षदेखि महामन्त्रीसम्म घाइते

काठमाडौं । निवर्तमन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका एक दर्जन विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ महामन्त्री उर्मिला थपलिया सहित अन्य एक दर्जन छन् । 

उनलाई प्रहरीले टाउकोमा लाठी प्रहार गर्दा बेहोस भएकी हुन् । थपलियाको हाल मोडल अस्पतालमा उपचार भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबारमात्र बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । वाँस्कोटालाई कारबाहीको माग गर्दै बिहीबार साँझ प्रदर्शनी मार्गमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रहरीको कुटाइबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे, विद्यार्थी सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनील पन्त, तिलक बटला, रमित खड्का र तुलसा पन्त घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर