• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दक्षिण कोरियामा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या 

एजेन्सी । दक्षिण कोरियामा कोभिद–१९ को संक्रमण ह्वात्तै बढेपछि त्यहाको सरकारले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अपनाएको छ ।

दक्षिण कोरियामा लगातार कोभिद–१९ संक्रमितको संख्या बढिरहेको बिबीसीले जनाएको छ । प्रधानमन्त्री चुङ स्ये–क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन् ।

दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ भने डाएगुका सडकहरू अहिले प्रायः सुनसान छन् ।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस संक्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको संक्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन् ।

त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ । अघिल्लो दिन ५३ मानिसमा संक्रमित भएको बताइएको थियो ।

दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो संख्या हो ।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए ।

ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए । त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर