फिल्म ‘धुलो’ को आइटम गीत ‘चारसय चालिसको’ सार्वजनिक

काठमाडौं ।  फिल्म धुलोको आइटम गीत ‘चारसय चालिसको’ सार्वजनिक भएको छ । दुर्गा खरेलको स्वर, केशव मिश्रको शब्द तथा जुगले डंगोलको संगीत गीतमा रहेको छ । दिपाषा जल परि फिचर्ड भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रधुम्न मिश्र निर्दे्शित फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, शृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदिप कार्की मुख्य भूमिकामा रहेका छन् । त्यस्तै फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् ।फिल्म फागुन १६ गतेबाट प्रदर्शनमा आउने छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर