• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पशुपतिबाट ४५ जना पक्राउ

काठमाडौं । प्रहरीले शुक्रबार पशुपति क्षेत्रबाट ४५ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पशुपति क्षेत्रमा शिवरात्रीको फाईदा उठाई गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

आज शिवरात्रीमा पशुपति क्षेत्रमा दर्शनार्थीको बाहेक गाँजा खान जाने किनबेच गर्नेको पनि बाक्लो उपस्थिति रहेको थियो । आजको दिन बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा भने सेवन तथा विक्री वितरण गर्न रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर