• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कार्यदलले अध्यक्षद्वयलाई बुझायो एमसीसीबारेको प्रतिवेदन

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे नेकपा कार्यदलले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतविेदन बुझाएको छ । 

कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको हो । 

शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर