• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आफ्नो विवाह सारेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

एजेन्सी । आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा लागेका २९ वर्षीय चिनियाँ डाक्टरको मृत्यु भएको छ।

वुहानको जियाङसिया जिल्लाको पिपल्स अस्पतालमा कोरोना संक्रमित विरामीको उपचारत डाक्टर पेङ यिन्हुवाको बिहिबार राति मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले बताएका छन् । 

डा.यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए र पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा.यिनहुआलाई शहीद घोषणा गर्न आग्रह गरेका छन् । साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे ।

यसअघि यस नयाँ कोरोनाभाइरसको चेतावनी दिने ३४ वर्षीय लि वेनलियाङ चिनियाँ डाक्टरको मृत्यु भएको थियो । त्यस्तै वुहान अस्पतालका निर्देशक लिउ झिमिङको पनि गत मंगलबार कोभिद–१९का कारण निधन भएको छ ।

१ हजार ७ सय १६ स्वास्थ्यकर्मीहरूमा पनि कोभिद१९ को संक्रमण देखिएको नेसनल हेल्थ कमिसनले बताएको थियो । डा.यिनहुआको मृत्युपछि चीनमा स्वास्थ्यकर्मीहरूको मृत्यु हुने संख्या नौ पुगेको हो।

कोभिद–१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर