• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उपाधी कञ्चनपुर टीमको पोल्टामा

कञ्चनपुर । सेना दिवसको अवसरमा देवीदल गण मझगाउँ ब्यारेकले आयोजना गरेको कञ्चनपुर मैत्रीपूर्ण भलिबल ट्रफि प्रतियोगिताको उपाधी जिल्ला खेलकुद विकास समितिको टीमले हात पारेको छ ।

देवीदल गणको टीमलाई ३–२ सेटले पराजीत गर्दै कञ्चनपुरको जिल्ला खेलकुद विकास समितिको टीमले ट्रफि कब्जामा ल्याएको हो ।

विजयी टोलीलाई देवीदल गणका प्रमुख सेनानी गणपति राजु वसन्यात,जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले पुरस्कृत गरेका थिए ।

सेनाले सदभाव कायम गर्न सेना दिवसको अवसर पारेर भलिबल खेलको आयोजना गरेको जनाएको छ ।

विजयी टोलीलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको देवीदल गण मझगाउँ ब्यारेकले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएको छ ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दालाई निःशुल्क स्वाथ्य शिविर,विपद व्यवस्थापन र सार्वजनिक स्थलहरुको संरक्षण तथा निमार्णमा समेत सेनाले योगदान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर