शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

यहाँको शुक्लाफाँटा संगै पर्यटकीयस्थलको प्रचारप्रसार तथा पर्यटक आकर्षित गर्ने उद्देश्यसाथ शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना गरिएको हो । शुक्रबार पत्रकार सम्ममेलन गर्दै भीमदत्तनगरपालिकाले शुक्रबार देखी शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको जानकारी गराएको हो ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएको दिन फागुन ९ गते हरेक वर्ष यहाँको भीमदत्तनगरपालिकाले शुक्लाफाँटा महोत्सवको आयोजना गर्दै आएको छ । ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायीलाई शुक्लाफाँटासँगै यस क्षेत्रका पर्यटकीय स्थलको अवलोकन र पर्यटकिय स्थलको प्रचारप्रसार गरिने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना गरेको भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

उनले यहाँको पर्यटन प्रवद्धनका लागि महोत्सव आयोजना गरेको बताए । “शुक्लाफाँटा यहाँको पर्यटनको मुख्य पर्यटकिय स्थलका रुपमा राष्ट्रिय अन्तराष्ट्रि स्तरमा प्रचार गर्न चाहान्छौ ।” उनले भने–“शुक्लाफाँटा संगै यहाँका अन्य पर्यटकिय स्थलको समेत प्रचारप्रसार गरिने छ ।”

भारतको उत्तराखण्डको नैनीताल, देहरादुन, दिल्ली र सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी र पत्रकारहरुलाई समेत यहाँका पर्यटकीय स्थलबारे जानकारी दिइनेछ ।

महोत्सव अवधिभर यहाँको होटेल व्यवसायी संघ महेन्द्रनगरले खानामा १५ प्रतिशत र बस्नमा ३० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको होटेल व्यवसायी संघ महेन्द्रनगरका अध्यक्ष परमानन्द भण्डारीले बताए ।

“महोत्सव अवधिभर खानामा १५ प्रतिशत र बस्नमा ३० प्रतिशत छुटको व्यवस्था मिलाएका छौ ।” उनले भने–“यहाँका पर्यटकिय स्थलको प्रचारप्रसारमा जोड दिनु आवश्वक छ ।”

विगतको तुलनामा शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजनापछि शुक्लाफाँटा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।“गत वर्षको तुलनामा दुई हजारले पर्यटकको संख्यामा वृद्धि भएको छ ।” उनले भने–“यस वर्षको महोत्सवले पर्यटकको संख्यामा वृद्धिहुने अपेक्षा गरेका छौ ।” उनले पछिल्लो समय शुक्लाफाँटाको घुम्न आउने आन्तरीय पर्यटकको संख्या बढेको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघले पनि यहाँका पर्यटकिय गन्तव्यको प्रचारप्रसारमा जोड दिएको छ । महोत्वमा दैनिक १० जनालाई उद्योग वाणिज्य संघले शुक्लाफाँटा भ्रमणका लागि टिकट उपलब्ध गराउनले जनाएको छ । उद्योग वाणिज्य संघका द्धारा आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय व्यापारमेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा आउने कलाकारलाई समेत शुक्लाफाँटा भ्रमण गराउनले अध्यक्ष जंग बहादुर मल्लले बताए ।

भारतको राजधानी दिल्ली र प्रमुख पर्यटकीय स्थल नैनीताल तथा देहरादुनसमेत नजिक पर्ने भएकाले यस क्षेत्रका पर्यटन स्थलको प्रचारप्रसार हुन सके प्रशस्त पाहुना भित्र्याउन सकिने स्थानीय व्यवसायीको भनाई छ ।

शुक्लाफाँटामा विदेशी पर्यटकको संख्या न्यून छ । यहाँको विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगाको झुन्डसँगै कम क्षेत्रफलमा बढी बाघको बासस्थानका रूपमा शुक्लाफाँटालाई चिनिन्छ । निकुञ्जभित्रका आधा दर्जनभन्दा बढी तालतलैया र लोपोन्मुख प्रजातिका पन्छीसँगै साइबेरियन चरासमेत देख्न सकिने प्रमुख स्थलका रूपमा शुक्लाफाँटा निकुञ्जलाई चिनिन्छ ।

फागुन ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैगरी शुक्रबार एक कार्यक्रमका बिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख द्धारमा रहेको चोकलाई बाह्सिंगा चोक घोषण गरिएको छ । उक्त चोकमा शुक्लाफाँटाको चिनारी बाह्सिङगाको प्रतिमा समेत अनावरण गरिएको छ ।
महोत्सव आयोजक भीमदत्तनगरपालिकाले फागुन १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीे शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन महेन्द्रनगर आउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर