• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनको छिङहाई प्रान्तका कोरोना संक्रमित सबै विरामी घर फर्के

सिनिङ । चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।  

देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । 

शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । 

अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ । 

उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर