• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेकपा कार्यदलको निष्कर्ष : एमसीसी सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्नू

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कार्यदलले शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । 

कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसी सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्नका लागि सुझाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए । उनीहरुले शुक्रबार साँझ नेतृत्वलाई प्रतिवेदन बुझाएको हो । 

कार्यदलको बैठक शुक्रबार बिहान पनि बसेको थियो । बैठकपछि कार्यदलले नेतृत्वलाई सच्याएर मात्र एमसीसी सम्झौता अघि बढाउन सुझाएको हो । ‘जम्मै कुराहरुको अध्ययन गरिसकेपछि हामीचाहिँ के निश्कर्षमा पुग्यौं भने यसलाई नसच्याइकन र सुधार नगरिकन यसलाई लागू गर्नुहुँदैन ।’ कार्यदलका संयोजक झलनाथ खनालले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर