• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा प्रधान

दमौली । बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा किसान प्रधान निर्वा्चित हुनुभएको छ । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनले समितिको उपाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सचिव वसन्त पौडेल, कोषाध्यक्ष फूलमति थापा र सदस्यमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, हरिशचन्द्र भट्टराई, राजाराम प्रजापति, हितमान गुरुङ, अशोक गुरुङ र तेजेन्द्र बानियाँ चयन गरेको छ । 

दुई साताअघि समितिको अधिवेशन भए पनि कार्यसमिति चयन हुन सकेको थिएन । सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य टुङ्गो लागेको हो । नवनिर्वा्चित अध्यक्ष प्रधानले बन्दीपुरलाई देश तथा विदेशमा चिनाउने, पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । 

उनले गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउने वातावरण सिर्जना गर्न सरोकारवालासँग सहकार्य गर्ने बताए ।  बन्दीपुर गाउँपालिकाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सारेको योजनामा समितिले साथ दिने नवनिर्वा्चित सचिव पौडेलले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर