• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना भाइरसका कारण इटालीमा पनि एकको मृत्यु, १६ जना संक्रमित

एजेन्सी । कोरोना भाइरसका कारण इटालीमा शनिबार ७८ वर्षका एक वृद्धको मृत्यु बीबीसीले जनाएको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  कोरोना भाइरस प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको छ भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । चीनमा मात्रै अहिलेसम्म २ हजार २ सय ३९ जनाको ज्यान गएको छ भने ७५ हजार ५ सय ६७ जनालाई कोरोना भएको पाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको नेतृत्वको संयुक्त टोली आज कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर