आयुष्मानको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ लाई डोनाल्ड ट्रम्पले तारिफ गरेपछि ...

एजेन्सी । शुक्रबारबाट आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ रिलिज भएको छ । यो फिल्म समलिङ्गी सम्बन्धका बारेमा बनेको छ । फिल्मको रिलिज पछि केही देशमा प्रर्दशन व्यान्ड गरिएपनि दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । 

फिल्म संवेदनशील विषयमा बनेका कारण अन्तर्रा्ष्ट्रिय स्तरमा पनि यसको चर्चा निकै बढेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस फिल्मको प्रशंसा गरेका छन् । बेलायती कार्यकर्ता पिटर टचहेलले ‘शुभ मंगल ज्यादा सावधान’ सँग सम्बन्धित ट्वीट गर्दै एक बलिउड रोमान्टिक कमेडी रिलीज भएको बताएका थिए । पिटरको ट्वीटलाई रिट्वीट गर्दै ट्रम्पले उत्कृष्ट भनेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर