• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको मौसम : देशका अधिकांश स्थानमा पानी पर्ने संभावना

काठमाडौं ।  शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविदको अनुमान रहेको छ ।  हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी परेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने छ  । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि सोमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर