एक पोस्टबाट दुई करोड भारु लिने प्रियंकाको इन्स्ट्रमा ५० मिलियन फलोअर्स

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा एक नयाँ रेकडै बनाएकी छन् । उनको  इन्स्टाग्रामम ५० मिलियन फलोअर्स पुगेका छन् । यसरी उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा बनेकी छन् । 

उनी एउटा पोस्ट गरेबापत लगभग दुई करोड भारतीय रुपियाँ लिन्छिन् । यो साताको सुरुआतमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए। । उनी यति धेरै फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए। अहिले उनको ५०.२ मिलियन फलोअर्स छन्। विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् ।

प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको हिट लिस्टमा आफ्नो स्थान बनाएका छन्। सूचीबाट थाहा हुन्छ कि इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट उनी दुई लाख ७१ हजार अमेरिकी डलर कमाउँछिन् । योसँगै उनी इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट कमाइ गर्ने व्यक्तिको सूचीमा १९औं स्थानमा छिन् ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Always a Sucker for @tiffanyandco ???????????????? @bbmas #tiffanyt #tiffanypartner

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on May 1, 2019 at 8:11pm PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर