• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 03:40 pm

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वत ।  पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ ।  रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिए ।  

खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ । रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए ।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हँुदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड –१९ : चेपाङ्ग समुदायमा सचेतना कार्यक्रम

  • २२ चैत, २०७६

मुग्लिन ।  चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ का चेपाङ्गं समुदायलाई कोरोना भाइरस, (कोभिड–१९ ) को सम्भावित जोखिम हुन

धनगढीमा कोरोना संक्रमित एक व्यक्तिका परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको आशंका

  • २२ चैत, २०७६

धनगढी । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको छ

प्रादेशिक अस्पतालको आइसोेलेशनमा रहेका ५ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

  • २२ चैत, २०७६

जनकपुरधाम।  जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  प्रादेशिक