• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 03:40 pm

स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै

रुकुमपूर्व ।  पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई  विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।  स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही  क्षेत्रमा  पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । 

गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफुलका बिरुवा रोपेको छ । अर्गा्निक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिए । 

उनका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा २० लाख बजेट बिनियोजन भइ काम अगाडि बढेको छ  । त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण, औजार खरिद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि १६ लाख बजेट रहेको उहाँले बताउनुभयो । माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ । 

गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र  वडा नम्बर ८ को चारगाउँमा १२ हजार भन्दा बढी सुन्तलाको बिरुवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरुवामध्ये आधा बिरुवा स्थानीय स्तरमै उत्पादन गरिएका र  अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । 

हुकाम र चारगाउँमा सहकारी र  तकसेरामा समुहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांस घरमा ५० देखि एक हजार बोटसम्म स्याउका बिरुवा छन् । पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनिहरु अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् । तर सडकको सुविधा नभएकै कारण उत्पादीत फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड –१९ : चेपाङ्ग समुदायमा सचेतना कार्यक्रम

  • २२ चैत, २०७६

मुग्लिन ।  चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ का चेपाङ्गं समुदायलाई कोरोना भाइरस, (कोभिड–१९ ) को सम्भावित जोखिम हुन

धनगढीमा कोरोना संक्रमित एक व्यक्तिका परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको आशंका

  • २२ चैत, २०७६

धनगढी । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको छ

प्रादेशिक अस्पतालको आइसोेलेशनमा रहेका ५ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

  • २२ चैत, २०७६

जनकपुरधाम।  जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  प्रादेशिक