• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अन्तिम समयमा श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकिएपछि...

फायल तस्बिर

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजको उडान अन्तिम समयमा आएर रोकिएको छ  । हवाई जहाजमा प्राविधिक समस्या आएको भन्दै उडान रोकिएको हो । 

शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाज चढ्ने ठाउँसम्म जानका लागि बसमा बसिसकेका थिए ।

सोही जहाजबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ समेत नेपालगञ्ज जाने तयारीमा छन् । कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर