• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 03:40 pm

छोरीको बीमा गराउनेलाई तीन महिना नि : शुल्क इन्टरनेट सेवा

लहान ।  प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु गरिएको छ । 

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ  ।  त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । 

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका  लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए । 

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा  शुरु गरिएको उनले जानकारी दिए ।  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ ।     

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्याइँदै

  • २२ चैत, २०७६

कास्की ।  कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • २२ चैत, २०७६

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

  • २२ चैत, २०७६

चिप्लेढुङ्गा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन