प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव शुरु

गाईघाट ।  प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव कटारी बजारस्थित टाइगर खेलमैदानमा शुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव यही फागुन १७ गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक तामाङले जानकारी दिए । 

 कटारी नगरपालिकाद्वारा आयोजित महोत्सवमा सितोरिया कराते, तेक्वान्दो र उसु गरेर तीन विधाका मार्सलआर्टमा कडा भीडन्त हुने उनले बताए । प्रदेशका नेपाली सेनाका विभिन्न गणका मार्सलआर्ट खेलाडीको पनि सहभागिता रहेको सो प्रतियोगितामा करातेतर्फ १४ स्वर्ण,रजत तथा कास्य २८ ,तेक्वान्दो १२ स्वर्ण र २४ रजत तथा कास्य तथा उसु १२ स्वर्ण र २४ रजत तथा कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलकूदको माध्यमबाट कटारीको पर्यटन विकास गर्न मार्सलआर्ट महोत्सवको आयोजना गरिएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर