फिल्म ‘प्रेम गीत ३’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को शीर्ष गीत ‘हर युग होस् प्रेम गीतको’ सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल भिडियोमा अलिश कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । फिल्मको एक गीत ‘हात्ती ढुंगा’ यस अघि सार्वजनिक भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर