फिल्म ‘सेन्टी भाइरस’ ले पहिलो दिन कमायो १.१२ करोड 

काठमाडौं ।  शुक्रवारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको फिल्म ’सेन्टी भाइरस’ ले पहिलो दिन उत्साहजनक व्यापार गर्न सफल भयो । लामो समय यता सुस्ताएको नेपाली फिल्म उद्योगलाई यो फिल्मले राहत दिएको छ । यो फिल्मले पहिलो दिन १.१२ करोड कमाउन सफल भएको छ । फिल्मले राजधानी भित्र मात्र ५९ लाखको व्यापार गर्‍यो भने राजधानी बाहिर ५३ लाख कमायो । 

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।

 सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममामा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह–निर्मातामा रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर