• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एमसिसी कुनै बाइवल होइन, परिमार्जन गरेर अघि बढाइनेछ-प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।  शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे  ।

उनले भने,‘एमसिसी कुनै बाइवल होइन, यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको यनले जानकारी दिए ।  

‘हिजोमात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो, अमेरिकी टोली, दुबै पार्टी रिपब्लिकन र डेमोक्रेटिकको टोली आएका थिए । उनीहरुसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै यो एमसीसी भनेको केही पनि चेञ्ज नै गर्न नहुने, जस्ताको त्यस्ता पास गर्नुपर्ने भन्ने कुनै बाइबल त होइन’उनले भने,‘यदि हामीकहाँ केही कन्सर्न आए भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको । र, उनीहरुले पनि त्यसलाई बाइबल हो त भन्ने कुरा आएन ।’

‘हाम्रो पार्टीको केन्द्रीय समितिमा पनि यसको पूरै नेगेटिभ पनि होइन्, चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन्, राम्रोसँग बुझेर अध्ययन गरेर राष्ट्रको हितमा हुनेगरी टुंग्याउनुपर्छ भन्ने मत आएपछि कार्यदल बनाएका हौँ’, उनले भने ।

उनले हिजोमात्रै प्रधानमन्त्रीले नेपाल भ्रमणमा आएको अमेरिकन रिपब्लिकन र डेमोक्रेटिक पार्टीको टोलीसँग परिमाजैनका विषयमा कुरा गरिसकेको उनले जनाकारी दिए ।

उनले कार्यदलले बुझाएको प्रतिवेदन आफूहरुले अध्ययन गरिनसकेको अध्ययनपछि यसबारे निर्णय गरिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर