• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हुम्ला : कर्णालीको पनि दुर्गम हिमाली जिल्ला [फोटोफिचर]

हुम्ला । कर्णाली प्रदेशलाई देशकै विकट प्रदेशका रुपमा लिइन्छ । यहाँको भौगोलिक विकटता, अशिक्षा, गरिबी लगायतका कारण यहाँको विकास निकै पछाडी परेको छ । 

देशमा संघीयता लागू भएसँगै पछिल्ला केही वर्षमा मात्र जनताले आफ्नो घर दैलोमा कहिलेकाँही सरकार भेट्न थालेका छन् । यसै सिलसिलामा कर्णाली प्रदेश सरकार पनि हुम्लाका जनतासँगको सामिप्यता बढाउन र विकास निर्माणका कामहरु अघि बढाउन लागेको देखिन्छ । हुम्लाको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अघि बढाएको जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको एक टोलीले हुम्लाको भ्रमण गरेका छन् । 

हुम्ला कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । 

भौगोलिक क्षेत्रको हिसाबले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसाबले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । 

भौगोलिक हिसाबले निकै विकट मानिएका यो जिल्ला प्राकृतिक हिमश्रृङ्खलाहरुको निकै मनोरम छ । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ ।

अनगिन्ती हिम शृङ्खलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित छ । एक थरिको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यही होम लगाएको अर्थात् ‘होमला’ बाट अपभ्रंश भई हुम्ला भएको भन्ने भनाइ रहेको छ भने, अर्का थरीको भनाइ अनुसार ‘हुल्म लङिरङ्ग’ अर्थात् साँघुरो नदीबाट अपभ्रंश भई हुम्ला भएको हो भन्ने भनाइ रहेको छ ।

मुगु जिल्लासँग सीमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो । कतिपय बाहिरियाहरु हुम्लाको सदरमुकामलाई सिमिकोट भन्दछन् ।

माघको तेस्रो हप्तामै डाँडापाखाहरुले स्वेत घुम्टोभित्र आफूलाई लुकाइसकेका छन् । अब पानीका धाराहरुमा पनि बरफ जमेको हुन्छ, बग्दै गरेको पानीमा बिहानखेरि तरजमेको हुन्छ, अर्थात् रातीको समयमा माइनस १८/२० डिग्री र बिहानसम्म पनि माइनस ५/६ डिग्री सेल्सियस तापक्रम हुन्छ ।

काठमाडाै‌मा चिसो भयो भनेर घर–घरमा कोठा–कोठामा हिटर तापिने अवस्थाको तापक्रम त सिमकोटका कार्यालयहरुका कोठाभित्र दिउँसोमा पनि पुग्दैन । 

हेर्नुस केही तस्बिर :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर