कैद सजाय सुनाइएका प्रदेशसभा सदस्य अझै सांसद !

विराटनगर । किर्ते जालसाँचीको अभियोगमा अदालतबाट कैद सजाय पाएकी प्रदेशसभा सदस्य गुलेफुन खातुनको प्रदेशसभा सदस्यको पद कायम राखिएको छ । फौज्दारी अभियोगमा सजाय पाएको व्यक्ति पदमुक्त हुने  व्यवस्था भएपनि प्रदेशसभाले त्यस विषयमा निर्णय नगर्दा उनको पद जोगिएको छ ।

प्रदेशसभा सचिवालयले भने प्रदेशसभाका सदस्यको विषयमा अदालतबाट औपचारिक जानकारी नआएकोले सेवा सुविधा मात्र रोकिएको भन्ने अमुर्त जवाफ दिने गरेको छ । कैद सजायको फैसला कार्यान्वयन हुने भएपछि खातुन दुई महिनादेखि फरार छिन् । दुई महिनाको अवधिमा प्रदेशसभाको हिउँदे अधिवेशनका १७ वटा बैठक बसिसकेको छ । 

ति सबै बैठकहरुमा खातुन अनुपस्थित छन् ।

प्रदेशसभा सचिवालयले सेवा सुविधा रोकेको भने पनि त्यस विषयमा प्रदेशसभाले कुनै निर्णय भने गरिसकेको छैन ।

अदालतबाट कैद सजाय भएपछि झण्डै दुई महिनादेखि फारार रहेकी खातुनलाई प्रदेशसभाले निलम्बनसमेत गरेको छैन । यस विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले बिहीबारको संसद बैठकमै प्रश्न उठाएपछि सचिवालयले सेवा सुविधा रोकेको मौखिक जवाफ दिएको हो ।

प्रदेशसभाले खातुनलाई निलम्बन गर्ने वा स्वत पदबाट हटाउने भन्ने विषयमा निर्णय नगरिदिएका कारण सचिवालय अलमलमा छ । सम्वन्धित व्यक्ति फरार भएकोले सेवा सुविधा भने भुक्तानी दिइएको छैन । प्रदेशसभाले सेवा सुविधा रोक्नु भनेर सचिवालयलाई निर्देशनसमेत दिएको छैन ।

सांसद खातुन सरकारी कागजात छाप किर्ते जालसाजी मुद्दामा जिल्ला अदालत मोरङले कैद सजाय हुँने गरी फैसला गरेको थियो । त्यस विषयमा खातुनले पुनरावेदन माग गरेको भएपनि उच्च अदालतले जिल्लाकै फैसला सदर हुने ठहर गरेको छ । उच्च अदालतको फैसला पछि खातुन फरार छिन् ।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अभियोग प्रमाणित भएको व्यक्ति सांसद सदस्य पदका लागि अयोग्य हुने भनि प्रदेशसभा ऐन २०७४ मा व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर