• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना प्रभाव : भगवान शिवको मुर्तिमा माक्स, भक्तजनलाई टाढैबाट पूजा गर्न आग्रह

एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वमा विभिन्न उपायहरु अपनाउन थालिएको छ । यसै क्रममा काशीको वाराणसी मन्दिरमा भगवान शिवकाे मुर्तिलाई पुजारीले माक्स लगाई दिएका छन् । साथै भक्तजनलाई भगवान नछाेई पूजा गर्न आग्रह समेत गरेका छन् ।

पहलादेश्वर महादेव मन्दिरका पुजारीले बताए अनुसार विश्वमा फैलिरहेको कोरोनाको बारेमा सबैमा जनचेतना जगाउन भगवान शिवलाई माक्स लगाई दिइएको हो  । उक्त स्थानमा भगवानलाई जाडो महिनामा कपडा पनि लगाई दिने गरेकाे र त्यस मन्दिरमा आउँने अधिकांश भक्तजनहरुले माक्स लगाएर नै पूजा गर्ने गरेको पुजारी आन्नद पाण्डेले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर