• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दमकमा धमाधम बन्दैछ प्रधानमन्त्रीको सपना बोकेको भ्यू टावर [फोटोफिचर]

झापा । ‘बन्छ कि बन्दैन’ भन्ने अन्यौलताकै बिच झापाको दमकमा निर्माणधिन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ ।

दमकको भ्यूटावरको काम तीव्र गतिमा भइरहेको छ । दमक नगरपालिका ३ मा २५ तला अग्लो भ्यूटावरको काम धमाधम भइरहेको स्थानीय जग्गादाता समेत रहेका सामाजिक युवा रुपक दाहालले समाचार दैनिकलाई बताए । 

५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको भ्यू टावर अन्तर्राष्ट्रियस्तरको हुनेछ । २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने अहिलेसम्मको आफूहरुलाई जानकारी रहेको वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताए । यहाँ सपिङ कम्पलेक्स, रेष्टुरेण्ट, कार्यालयहरु रहनेछन् ।

यहाँ भ्यू टावर बाहेक बाल उद्यान बन्नेछ । भ्यू टावरसंगै घुमघाम स्थल बन्ने र नयाँ पर्यटकीय गन्तब्य बनाउने राज्यको सोच अनुसार काम अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो एउटा ठुलो सपना रहेको छ ।

काठमाडौंको जेडसिजिआइजीसी आशिष ओम साइराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पन्न हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर