झापाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा काडमाडौं पठाइयो

झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशंकामा उपचारका लागि आज काडमाडौं पठाइएको छ । 

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा गरिएको हो । 

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । कोरोना भाइरस संक्रमण भएको आशंकामा चिकित्सकहरुले प्रारम्भिक जाँच गरेका छन् ।   प्रजिअ रानाले  भने –, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आइतबार ग्राण्डी अस्पताल लगिएको छ ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर