• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाभाइरस फैलाएको भन्दै भारतमा चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दर्ता !

एजेन्सी । कोरोनाभाइरस फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध भारतको बिहास्थित एक अदालतमा मुद्दा दर्ता भएको छ ।

भारतको बिहारस्थित मुज्जफरपुर अदालतमा चिनियाँ राष्ट्रपति सी र भारतका लागि चिनियाँ राजदूत सीन वाइडङविरुद्ध मुदा दायर भएको बताइएको छ ।

अधिवक्ता सुधीर आझाले कोरोना भाइरस बनाएर यसलाई पुरै विश्वमा फैलाएको भन्दै मुद्दा लगाएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनले भारतको संविधान धारा २६९, २७०, १०९, १२० बिको माध्यमबाट मुद्दा दर्ता गरेको बताइएको छ । यसको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुने बताइएको छ । 

भारतमा विदेशीसहित १्१७ जनामा कोरोना संक्रमित भेटिएको छ । जसमा दुईजनाको अहिलेसम्म ज्यान गइसकेको छ । 

गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए । कोरोना भाइरस सयभन्दा बढी देशमा फैलिइसकेको छ ।

एक लाख ३० हजार भन्दा बढीमा यसको संक्रमण भएको पुष्टि भइसकेको छ । विश्‍व स्वास्थ्य संगठनले महामारीको रुपमा फैलिइसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर