• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019/ 01:24 pm

बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

हिमाल जोशी /धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् । 

धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भएपछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरासहित मार्ने धम्की दिने गरेको बताइन् ।

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई  घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए ।  

पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेकोबारे सुनाउँदा परिवारले घरबाट निकालासमेत गरेको बताइन् । 

आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखरामा अत्याधुनिक बधशाला तथा चिकेन पोइन्ट संचालनमा

  • ९ माघ, २०७५

कास्की । पोखराको पार्दी विरौटामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकेन पोइन्ट संचालनमा आएको छ ।   ५५ जनालाई प्रतक्ष्य रोजगार दिनेगरी संचालनमा

सरकार राज्य आतंक मच्चाउन उद्धत : तरुण दल

  • ९ माघ, २०७५

कास्की । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पोखरामा सरकारको विरोधमा प्रदर्शन गर्ने भएको छ ।  यहि माघ ११ गते शुक्रबार मानवअधिकार चोकबाट

जंगली जनवारबाट सुरक्षित हुन माछा पालन

  • ९ माघ, २०७५

 चितवन । जंगली जनवार बाट आजित बनेका चितवनको माडीका किसानहरु पछिल्लो समय माछा पालन तर्फ आकर्षित भएका छन् ।   अन्य खेती गर्दा जंगली जनावरले दुख