बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ
हिमाल जोशी /धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो । स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् ।
धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भएपछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरासहित मार्ने धम्की दिने गरेको बताइन् ।
पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए ।
पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेकोबारे सुनाउँदा परिवारले घरबाट निकालासमेत गरेको बताइन् ।
आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन ।
प्रतिकृया दिनुहोस