कोरोना त्रास : सुर्खेतका स्थानिय तहमा विकास बजेट खर्च हुनेमा शंका

सुर्खेत । विश्वमा महामारीको रुपमा फैलँदै गएको (कोभिड–१९) कोरोना भाइरसको प्रभावका कारण सुर्खेतका अधिकांश स्थानिय तहमा विकास बजेट खर्च हुनेमा जनप्रतिनिधिहरु नै शंका व्यक्त गर्न थालेका छन् । 

प्रदेश राजधानीसँग जोडिएको जिल्ला सुर्खतमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुन सरकारले निर्णय गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो । 

कोरोना भाइरसको प्रभाव बढीरहेको बेला सरकार यसको नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेमा लागेको छ । उता, स्थानीय सरकारका जनप्रतिनिधिहरु विकासे बजेट खर्च नुहने भन्दै शंका बढाउन थालेका छन् ।

कोरोना भाइरसको हल्लाले सबै कामहरु रोकिएको बताउँदै भेरीगंगा नगरपालिका प्रमुख भुपेन्द्र बहादुर चन्दले भने,‘भेरीगंगा नगरपालिका भर्खरै कामको सम्झौता गरेर कार्यन्वनमा जाने तयारीमा छ । कोरोना भाइरसको हल्लाले तत्काल सबै कामहरु रोकिएका छन् ।’

साना तिना कामहरु डोजर÷जेसिबि लगायतका उपकरणबाट हुने बताउँदै केही सामाजिक कामका योजना बनाउँदा भने असजिलो भएकाले काम गर्न नसकिएको उनले बताए । 

५० प्रतिशत योजनामा सम्झौता भइसकेको गुर्भाकोट नगरपालिकामा कोरोना भाइसरका कारण जनशक्तिमा भन्दा पूर्वाधार क्षेत्रका निर्माण सामाग्रिको लागि आफूलाई गाह्रो हुने गरेको नगर प्रमुख हस्त पुनले बताए । 

‘नगरपालिका भित्रका विकासे योजनामा जनशक्तिको खासै प्रभाव पर्दैन,’ ‘सामाजिक क्षेत्रको काम गर्न र उपभोक्ता समितिहरु गठन गर्न भेला राख्नको लागि र निमाण सामाग्रि खरिद गर्नको लागि भने यो कोरोना भाइरसको कारण हामीलाई समस्या भएको छ ।’ नगर प्रमुख पुनले भने ।

नगरपालिकाभित्र आफूहरुले नेपाल सरकारले निर्देशन गरे अनुसार नै हरेक कार्यालयहरुमा धेरै भिडभाड नगर्न भनेकाले कार्यालयका कामहरुमा समस्या आउने बताए । 

पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाका अनुसार साना ठुला गरी ४ सय वटा योजना रहेको नगरपालिकामा  ३५० वटा योजनाहरु सम्झौता भइसकेको र बाँकी ५० योजना सम्झौताको चरणमा रहेको छ । 

कोरोना भाइरसका कारण योजनाहरु सम्झौता गर्दा एक वडाको योजना एक दिन लगाएर सम्झौता गर्यौं नगरपालिकामा  खासै भिडभाड गर्न दिएका छैनौं’ उनले भने । 

‘नगरपालिकामा सबैभन्दा भिडभाड हुने भनेको योजनाका भवनहरु ढलान गर्दा हो भवनहरु ढलानको काम सबै नगरपालिकामा बन्द गरिसकिएकोले  मानिसहरुको उपस्थितिमा हुने कामहरु सबै बन्द गर्न लागाएका छौं’, उनले भने । 

मेसिनबाट हुने काम गर्न तिर नगरपालिका लाग्ने भएकोले बजेट खर्चमा केही धोका हुने उनले बताए । 

चौकुने गाउँपालिकामा ५० प्रतिशत काम सफल भएको गाउँपालिका अध्यक्ष धिर बहादुर शाही बताउँछन् । ‘तर ठुल–ठुला टेन्डर अहिले भइराखेको हुनाले ती कामहरुमा धोका हुन्छ’ उनी भन्छन्, ‘अहिलेसम्म उपभोक्तामार्फत हुने कामहरु  ५ प्रतिशत पनि नभएकोले कोरोना भाइरसले सबैभन्दा हाम्रो गाउँपालिकालाई प्रभाव पारेको छ ।’

‘निर्माणका सामाग्रिहरु बाहिर बाट ल्याएर आउनु पर्छ त्यो यहाँ पाइँदैन ।’ उनले भने, ‘गाउँपालिकाभित्र कोरोना भाइसरबाट बच्नको लागिसचेतना कार्यक्रम गाउँपालिकाले गरेको भएपनि पालिकाको विकासे बजेट अघिल्लो वर्षको जस्तो गरी खर्च गर्न सकिँदैन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर