• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इरानमा १०३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसलाई

एजेन्सी । कोरोना भाइरसको उच्च जोखिममा खासगरी वृद्धावस्था र बालबालिका रहेको बताइन्छ । तर इरानमा एक वृद्धाले सबैलाई आश्चार्यमा पार्दै कोरोना भाइरसलाई जितेकी छिन् । 

१०३ वर्षीया महिलालाई कोरोना संक्रमण भएपछि उनी इरानको सेमनन अस्पतालमा उनलाई भर्ना पनि गरियो । 

स्वास्थ्यकर्मीहरुले उनको अवस्थालाई गम्भिर रहेको बुझेका थिए । तरतेहरानबाट १ सय ८० किलोमिटर टाढाको अस्पतालबाट कोरोना भाइरसलाई जितेरै घर फर्किएकी छन् । 

अधिकारीहरुले भने ती महिलाको नाम सार्वजनिक गरेका छैनन् । तर उनको बारेमा इरानमा खुबै चर्चा हुन थालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर