पूर्वी नाका चहलपहल घट्यो,आवतजावत गर्ने अटो समेत बन्द

झापा । दैनिक हजारौ नागरिकको आवतजावत हुने पूर्वी नाका काँकरभिट्टामा केहि दिनयता चहलपहल घटेको छ  । अरुबेला काँकरभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनुपर्ने हुन्थ्यो  । तर, कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल र भारतीय पक्षले सीमामा आवतजावत कडाई गरेपछि चहलपहल शून्य जत्तिकै भएको छ ।

विभिन्न राष्ट्रबाट नेपाल भित्रिने मूख्य नाका मध्येको काँकरभिट्टामा अहिले सुनसान भएको छ  । किनमेल गर्न जानेहरु पनि घटेका छन् । बंगलादेशमा अध्ययन गर्न गएका नेपाली विधार्थी गत मंगलवार र बुधबार ठूलो संख्यामा फर्किएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ  ।

यस्तै, काँकरभिट्टा नाकाबाट विभिन्न सामग्री लिएर नेपाल आउने भारतीय सवारी बाहेकको आवतजावत लगभग नरहेको बताईएको छ । यसैबिच भारतमा कोरोना संक्रमण देखिएपछि पूर्वी नाकामा विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

यद्धपि काँकरभिट्टाको संवेदनशिलता अनुसार जनशक्ति परिचालन भएको भने पाईएको छैन । खुल्ला सीमाका कारण उच्च जोखिममा रहेको पूर्वी नाकामा आवश्यक जनशक्ति र पर्याप्त स्वास्थ्य सामग्री नभएको पाईएको छ  ।  यस्तै, काँकरभिट्टा – पानीट्याङकी आवतजावत गर्ने अटो समेत बन्द गरिएको छ । भारतीय प्रशासनसँग समन्वय गरेर अटो रोक्ने काम भएको हो  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर