सङ्क्रमणबाट बच्न झापा कारागार भद्रपुरमा उच्च सतर्कता

झापा  । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणबाट बच्न झापा कारागार भद्रपुरमा उच्च सतर्कता अपनाइएको छ । झापा कारागार प्रशासनले कारागार भित्र रहेका कैदबन्दीलाई चाहिने कुनै पनि वस्तु बिना क्वारेन्टाइन प्रवेश गर्न दिएको छैन । 

यतिसम्म कि कैदीका आफन्तले ल्याएको नगद पैसा समेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नु पर्ने हुन्छ । क्वारेन्टाइनमा पाँच दिनसम्म राखे पश्चात मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जलेर राजेन्द्र निरौलाले जानकारी दिए । 

कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको बताउँदै उहाले उच्च ज्वरो र रुघाखोकी लाग्ने कैदीलाई उपचारका लागि अस्पताल पठाइरहेका समेत जानकारी दिए । 

कैदी बन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको कारागारका प्रहरी प्रमुख उदय शमशेर रानाले जानकारी दिए ।  झापा कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र १०७३ जना पुरुष गरी ११५३ जना कैदी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर