• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेपाल बाहिर रहेका नेपालीलाई नेकपाको अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीले विश्वभरी रहेका नेपालीहरुलाई कोरोनाको महामारीबाट उच्च मनोबलका साथ सुरक्षित रहन अपिल गरेको छ । बुधबार एक वक्तव्य जारी नेकपा प्रवास विभागका अध्यक्ष युवराज चौलागाईं तथा सचिव श्री प्रसाद साहले संयुक्त विज्ञप्ती जारी गर्दै संसारका बिभिन्न मुलुकहरुका बसेर संक्रमणसंग जुधीरहेका नेपाली दिदीबहिनी, दाजुभाइहरुको शीघ्र स्वास्थ्या लाभको कामना गरे ।

मानव जाती बिरुद्ध वर्तमान समयको सबभन्दा ठूलो चुनौतीको रुपमा आएको कोभिड (१९ै) को महामारीले नेपाल लगायत विश्व भरी नै बहुआयामिक संकट पैदा गरिरहेको छ । यस महामारीबाट हाल सम्म बेलायत र अमेरिकामा गरी दुई नेपालीको ज्यान गैसकेको छ भने अन्य कतिपय मुलुहरुमा नेपाली समुदायका सदस्यहरुमा समेत यो रोग देखा परेको छ । हामी संसारका बिभिन्न मुलुकहरुका बसेर संक्रमणसंग जुधी रहेका बिरामी नेपाली दिदीबहिनी, दाजुभाइहरुको शीघ्र स्वास्थ्या लाभको कामना गर्दछौं । जारी वक्तव्यमा भनिएको छ ।

नेकपा प्रवास समन्वय कमिटीले जारी गरेको वक्तव्यमा महामारी रोकथाम तथा संक्रमितहरुको उपचारका लागि नेपाल सरकारले घोषणा गरेको केन्द्रीय राहत कोषमा सक्दो आर्थिक सहयोग प्रदान गरी मुलुकका लागि योगदान गर्न प्रबासी नेपाली संघसंस्था तथा इच्छुक प्रबासी नेपाली महानुभावहरुमा हार्दिक अनुरोधसमेत गरिएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर