चितवनमा लकडाउन उलंघन गर्ने १४ जनालाई कारवाही

चितवन  । कोरोना भाइरस (कोभिड–१९–) संक्रमणलाई रोक्नका लागि सरकारले गरेको ‘लकडाउन’ लाई चितवनमा तेस्रो दिन आज (बिहीबार) समेत केहीले उल्लंघन गरेका छन् । अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न भनेपनि अझै केहीले उल्लंघन गर्दै हिडेपछी उनीहरुलाई जरीवाना लगाईएको छ । 

अनावश्यक रुपमा हिड्ने २१ वटा मोटरसाइकललाई आज चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै १४ जना पुरुषलाई जिल्ला प्रशासनले कारवाही समेत गरेको छ । उनीहरुलाई जनही एक हजार रुपैयाँ तिराएर छोडिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर