कर्णाली प्रदेशका मुख्यमन्त्रीको आग्रह– उच्च मनोवलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले (कोभिड १९) कोरोना भाइरसका विरुद्धको कार्बाहीमा अग्रपन्तिमा रहेर उच्च मनोवलका साथ काम गर्नको लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नको लागि कर्णाली प्रदेशवासीलाई आग्रह गरेका छन् । 

शनिवार कर्णाली प्रदेशवासीको नाममा सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन् । पछिल्लो समयमा कोरोना भाइरसको विरुद्ध प्रदेश सरकार, स्थानिय सरकार, र केन्द्रीय सरकारले व्यापक तयारी गरेकाले १८ गते सम्मको लकडाउनलाई सबैले घरभित्र बसेर सहयोग गरिदिन समेत मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् । 

शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथामको लागि प्रदेश सरकारको नेतृ्त्वमा  खटिएका राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई सुरुको तलवको ५० प्रतिशत र स्वास्थ्यकर्मीहरुलाई सुरुको तलवको सतप्रतिशत तलवको सुविधा उपलब्ध गराउने प्रदेश सरकारले व्यावस्था मिलाएको सम्वोधनको क्रममा उनले बताए । 

‘कारोना भाईरस (कोभिड १९)को रोकथाम, नियन्त्रण र उपचारको लागि प्रदेश सरकारले रु ५० करोडमो विपद् व्यवस्थापन कोष खडा गरेको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘म लगायत मेरो मन्त्रिपरिषदका सदस्यले १ महिनाको पारिश्रमिक समेत सो कोषमा जम्मा गरेका छौ ।’

विपद् व्यवस्थापन कोषमा सहयोग गर्नको लागि विभिन्न संघ संस्था, राष्ट्रसेवक कर्मचारी, उद्यगी, व्यापारी, अन्य दाता लगायत आम नागरिकलाई यो कोषमा सहयोग गर्नको लागि मुख्यमन्त्री शाहीले आग्रह समेत गरेका छन् । 

कर्णाली प्रदेशमा संक्रमणबाट प्रभावित मानिसहरुको उद्धारको लागि तथा अन्य सहयोगको लागि १११० हटलाइन सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर