‘प्रेसका नाममा सवारी साधनको दुरुपयोग नगरौँ’

कैलाली ।  नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले लकडाउनका समयमा पत्रकारका नाममा सवारी साधनको दुरुपयोग नगर्न आग्रह गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै शाखाले स्थलमा जाँदा सञ्चार गृहको समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न ध्यानाकर्षण गराएको हो ।

शाखाका अध्यक्ष जगत साउदद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अवलम्बन गरेको लकडाउनमा सहयोग पु¥याउनु आम पत्रकारको पनि दायित्व भएको उल्लेख गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर