• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाको समाजशास्त्रः मानव जगतका लागि 'अनुशासित दण्ड' !

इतिहासबाट पाठ सिक्दै विश्व:

‘इतिहास’ ! यो शब्द संस्कृत भाषाबाट आएको हो । तर, यही शब्दले मानव जातिलाई घरिघरि पाठ सिकाउँदै आएको छ । सरल भाषामा भन्दा यसरी वा त्यसरी समाज विकास भएको थियो भन्ने बुझाउँछ ।  इतिहास विज्ञान हो र, यसको अध्ययनले भूतकालमा समाज कसरी निर्माण भएको थियो ? त्यो समाज निर्माणमा पुर्खाहरुको मेहनत के थियो ? पुर्खाहरुले यो धर्तीलाई कसरी बद्ले ? आफ्ना जीवनमा के परिवर्तन ल्याए ? भन्ने थुप्रै प्रश्नहरु उब्जिन्छ । र, हामी अहिले कहाँ छौं चेतनाको राजमार्ग इतिहासको पानाले खोलिदिन्छ ।

जो जहाँ, जुन भूगोल, देशमा छौं सबैको आ–आफ्ना इतिहास छन् । सारा धर्तीमा रहने सबै जाति इतिहासको एक–एक अंश बनेका छन् । इतिहासका हरेक कालखण्ड छन् । ती कालखण्डमा भएका घट्ना, उतारचढावलाई यतिबेला फेरि विश्वले अध्ययन गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मानव जातिलाई पुर्याएको क्षतिबाट प्रश्न उठेको छ– ‘अर्को पुस्तालाई हामीले के सन्देश दिने ?’ आधा विश्व लकडाउनमा राखेको ‘कोभिड–१९’ भाइरस कहाँ पुगेर रोकिएला ? यसको अनुमान आजको दिनसम्म कसैले आँकलन गर्न सकेको छैन ।  

फर्केर हेर्दा : 
इतिहासलाई फर्केर हेर्दा एउटै ब्याक्टेरियाबाट विश्वको झण्डै आधा जनसंख्या समाप्त पार्ने तीन महामारी फैलिएको थियो । यी तीन महामारी सन् ५४१ मा बाइजान्टाइन साम्राज्यमा पहिलो भएको थियो ।

त्यस्तै सन् १३४७ मा इटालीबाट सुरु भएको ब्ल्याक डेथ, सन् १६६५ मा लन्डनबाट शुरु भएको थियो । मुसाबाट फैलिएको प्लेगको महामारी यतिसम्म मानव बिनासकारी बन्यो कि कन्स्टान्टिनोपलका सबै मानिसलाई सखापै बनायो ।

त्यहाँबाट फैलिएको प्लेगले युरोप, एसिया, उत्तरी अफ्रिका र अरेबिया कहीँ बाँकी राखेन । त्यतिबेला प्लेगले ३ देखि ५ करोड मानिसको ज्यान लियो । जुनबेला मृत्यु हुनेहरुको संख्या विश्वमा रहेका मानव जातिको संख्यामध्ये आधा थियो ।

............

सन्दर्भः ‘अनुशासन र दण्ड’

आधा विश्व लकडाउन छ । ‘कोभिड–१९’ कहिले रोकिएला ? यसरी रोकिन्छ संक्रमण भन्ने सिधै जवाफ विश्वले दिन सकेको छैन । फैलिंदै गएको ‘कोभिड–१९’ समाजशास्त्रीय दृष्टिकोण फरक–फरक छन् । कोरोनाको समाजशास्त्रीय दृष्टिकोण पस्कदै समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनले इतिहासकै महामारीको कथातिर फर्किए । ‘युरोपमा जुनबेला मुसाबाट प्लेग रोग फैलियो, त्यसबेलाको महामारीले विश्वको आधा जनसंख्या नै सखाप पार्यो । रोग मुसाबाट फैलिएको प्रमाणित भएपछि मुसा नियन्त्रणमा शासकहरुले जोड् दिए ।’ 

उनताकाका युरोपेलीहरु महामारी फैलिनु भन्दा अघिसम्म स्वतन्त्र थिए । जब, मुसा नियन्त्रणको अनुगमन गर्ने भनियो त्यसपछि उनीहरुको स्वतन्त्रता विस्तारै गुम्दै गएको औंल्याए भट्टचनले । ‘मुसा नियन्त्रणको अनुगमन गर्न समाज र राज्य व्यक्तिको घरभित्र छिर्यो । व्यक्तिको स्वतन्त्रा त्यहीँबाट गुम्दै गयो । जनता चुप बसे । त्यसपछि राज्य यस्तो कडाईका साथ आयो ठूलाठूला बन्दीगृह बनाउन लागे’, जातिको संख्यामध्ये आधा थियो ।

उनताकाका युरोपेलीहरु महामारी फैलिनु भन्दा अघिसम्म स्वतन्त्र थिए । जब, मुसा नियन्त्रणको अनुगमन गर्ने भनियो त्यसपछि उनीहरुको स्वतन्त्रता विस्तारै गुम्दै गएको औंल्याए भट्टचनले । ‘मुसा नियन्त्रणको अनुगमन गर्न समाज र राज्य व्यक्तिको घरभित्र छिर्यो । व्यक्तिको स्वतन्त्रा त्यहीँबाट गुम्दै गयो । जनता चुप बसे । त्यसपछि राज्य यस्तो कडाईका साथ आयो ठूलाठूला बन्दीगृह बनाउन लागे’,

इतिहासमा महामारीसँगको लडाईलाई समाजशास्त्रीय चक्रमा डा. भट्टचनले सुनाए– ‘शासकहरुले यतिसम्म गरेकी जनतालाई बन्दी बनाउन ठूला बन्दीगृह निर्माण गरेछन् । बन्दीगृहलाई आफ्नो अनुकुल बनाएछन् । बन्दीहरुले केही देख्न नपाउन भनेर शासहरुले बन्दीहरुलाई हेर्न बीचमा साना–साना प्वाल मात्रै राखेछन ।’

डा. भट्टचनले सन् १९७५ मा प्रकाशित मिशेल फूकोद्वारा लिखित किताव ‘डिसिप्लिन एण्ड पनीश द बर्थ अफ प्रीजोन’ को सन्दर्भलाई जोडे । ‘फूकोको डिसिप्लिन एण्ड पनीश... भन्ने किताबमा उल्लेख भए जस्तै हो अहिलेको अवस्था । अनुशासन र दण्ड । युरोपमा प्लेगको महामारिमा घरघरमा शासक पसेर मुसाको अनुगमन गरेको थियो ।’, भट्टचनको विश्लेषण छ– ‘संक्रमणका कारण हामीले राज्यको अनुशासन मानिरहेका छौं । तर, व्यक्तिगत स्वतन्त्रता छैन ।

 ‘अमेरिका विकसित देश भएकाले त्यहाँका सेनामा सत्ताको भोक छैन । नेपाल अविकसित भएकाले यहाँका सेना पेट्रोल बेच्ने, ठेक्कापट्टामा व्यस्त छ । तर, उनीहरु शासकलाई साथ दिइरहन्छन । जसबाट आफू अनुकुल फाइदा लिइरहन्छन ।’

एउटा डिजिटल थर्मामिटरले व्यक्ति–व्यक्तिको ज्वरो नापेको छ । हामी अनुशासन मानेका छौं । केही गरे दण्डमा पनि पर्छौं ।’
शक्तिशाली राष्ट्रहरुसँगै नेपालमा समेत ‘दक्षिणपन्थी’हरुको हातमा सत्ता रहेको ठम्याइँ छ उनको । ‘स्रोत, संशाधन देश अनुसार फरक–फरक होला । तर, विश्वका शक्तिशाली राष्ट्र र हाम्रै देशमा पनि शासनसत्ता ‘दक्षिणपन्थी’हरुकै हातमा छ । यी अनुदार दक्षिणपन्थीहरुबाटै अधिनायकवाद जन्मिने त होइन ? आशंका यहाँ मात्रै होइन संसारभर  जिवितै छ ।’

विश्वलाई एउटै भाइरसले एकै ठाउँमा राखेको बेला शासनसत्ता सेनाको बलमा शासकहरु अघि बढ्ने खतरा पनि उत्तिकै रहने उनको विश्लेषण छ । नेपाली र अमेरिकी सेनाले सत्ता हातमा लिन नसक्ने उदाहरणहरु उनले पेश गरे । 

क्यालोफोर्निया विश्वविद्यालय, बर्कलेबाट विद्यावारिधी गरेका भट्टचनले अमेरिकी समाज बढि नै बुझ्छन । उनले भने–  ‘अमेरिका विकसित देश भएकाले त्यहाँका सेनामा सत्ताको भोक छैन । नेपाल अविकसित भएकाले यहाँका सेना पेट्रोल बेच्ने, ठेक्कापट्टामा व्यस्त छ । तर, उनीहरु शासकलाई साथ दिइरहन्छन । जसबाट आफू अनुकुल फाइदा लिइरहन्छन ।’
.........

मिशेल फूकोको तर्क 

‘समाजको न्यायिक प्रक्रियाको मूल्याङ्कनमा फूकोको लेखन धेरै महत्त्वपूर्ण छ । फूकोले बीसौं शताब्दीको क्रुरतालाई आधुनिक ज्ञान विज्ञान र प्रविधिको विकाससँग जोड्न खोजे । तिनीहरू भन्छन् कि, अठाह्रौं शताब्दीको शुरुमा मानव शरीर छलफलको विषय बन्छ । यस सन्दर्भमा, उनीहरूले तीन प्रक्रियाहरूमा छलफल गर्छन् ।

फूकोको अनुसार, ज्ञान, विज्ञान र तर्क मानव शरीरलाई एउटा विषयमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाउनको लागि विकसित गरिएको थियो । अध्ययनका चेलाहरू समस्याको उपस्थिति दिएर विकसित भएका थिए । यसपछि, फरक प्रक्रियालाई महत्व दिइयो । जस अन्तर्गत समाजमा बिरामी व्यक्ति, पागल, नपुंसक, कुष्ठ रोगीहरू आदि स्तरका व्यक्तिहरूको वर्गीकरण ।  तिनीहरूको फरक छवि सिर्जना गरिएको थियो । 

तेस्रो प्रक्रिया कामुकता हो । कामुकता पुरुषको समग्रताबाट काटिएको थियो, पहिले खुशीमा र त्यसपछि उपभोगमा । कामुकतालाई बर्बरताको डिग्रीमा रूपान्तरण गरिएको छ । यसको अर्थ मानव शरीर चेतनाबाट निरंकुश हुन्छन् । यी तीन प्रक्रियाहरूले मानव शरीरलाई यातनाको घर बनाए । यस सन्दर्भमा, कैदीहरूको आत्म विभाजन र सजायको प्रक्रिया फूकोले अनुशासनमा राख्छन् र जेलको जन्मलाई सजाय दिन्छन् ।’ 

‘औषधी, मेडिकल उपकरण उत्पादन गर्ने कम्पनी र मिडियाले शक्तिशाली राष्ट्रका सरकार ढाल्न सक्छन । विश्वभरीको यो महामारीमा सबैभन्दा शक्ति शाली औषधी उत्पादन हुन्छन । पैसा नभए उनीहरु मेडिकल किट र औषधी उत्पादन गर्दैनन् । लकडाउनको बेला राज्यहरु आर्थिक, प्रशानिक सबै रुपले कमजोर हुन्छन । त्यही मौकामा मिडियाले राज्यको कमजोरी बाहिर ल्याउछ । जनता आक्रोशमा आउँछन । औषधी उत्पादक कम्पनीसँग आर्थिक रुपले राज्य बाध्य भएर झुक्नैपर्छ’

..........
औषधी उत्पादक र मिडिया शक्तिशाली

‘न्युयोकमा मेयरको रोइकराई सुनियो त ? मेयरले संघीय सरकारसँग ३० हजार संक्रमण रोक्ने उपकरण माग गरेको छ । तर, संघीय सरकारले दिन सकेको छैन । विकसित राष्ट्र हालत हेर्नुस् त’, उनको सीधा प्रश्न छ । उपकरण बनाउने ठूला कम्पनी भए पनि उनीहरुले पैसाबिना उत्पादन गर्न नसक्ने, गर्दैनन् पनि, त्यसैमाथि संक्रमण रोक्ने उपकरण र औषधी भएन भनेर मिडियाले उचालि रहने उदाहरण तेर्साए भट्टचनले । 

‘औषधी, मेडिकल उपकरण उत्पादन गर्ने कम्पनी र मिडियाले शक्तिशाली राष्ट्रका सरकार ढाल्न सक्छन । विश्वभरीको यो महामारीमा सबैभन्दा शक्ति शाली औषधी उत्पादन हुन्छन । पैसा नभए उनीहरु मेडिकल किट र औषधी उत्पादन गर्दैनन् । लकडाउनको बेला राज्यहरु आर्थिक, प्रशानिक सबै रुपले कमजोर हुन्छन । त्यही मौकामा मिडियाले राज्यको कमजोरी बाहिर ल्याउछ । जनता आक्रोशमा आउँछन । औषधी उत्पादक कम्पनीसँग आर्थिक रुपले राज्य बाध्य भएर झुक्नैपर्छ’, डा. भट्टचनले भने ।

भट्टचनको यो ठम्याइँसँगै मिडियाको विकास समाजमा कसरी भएको थियो भन्ने जिज्ञासा स्वाभाविक देखिन्छ । सन् १४५५ तिर जर्मनीमा मानव समाजको विकास हेर्दा ४० हजार वर्षअघि ओढार, भित्तामा सूचना व्यक्त गर्थे । यो तथ्य र अहिलेको अनुसन्धानले देखाएको सत्यता मानव समाज विकासमा सूचना र ज्ञानको प्रमुख भूमिका देखिन्छ । गुटेनवर्गले छापाखाना आविष्कार गरेपछि मानिसको ज्ञान संकलन गर्ने र फैल्याउने क्षमता अचानक बढेको पाइन्छ । यो विकासक्रम हेर्दा सन् १९९० को दशकमा आईपुग्दा इन्टरनेटको माध्यमले गुणात्मक फड्को मारेको छ । 

पछिल्लो समय सूचना, मनोरञ्जन र सुखशयलका लागि सूचना तथा सञ्चार प्रविधि विश्वभर जीवनशैली बनेको छ । यही जीवनशैली बनेको सूचना प्रविधिले मिडियाको पहुँच धेरैमा पुगेको छ । धेरैको पहुँमा सूचना पुग्दा मिडिया स्वतः शक्तिशाली बनेको भट्टचनको विश्लेषण मेल खान्छ । 
.........

पुँजीवाद र मार्क्सवाद ‘असफल’ विकल्प आदिवासीवाद !
पुँजीवादको रुप कस्तो हुन्छ ? अहिले अमेरिका ‘कोभिड–१९’ संक्रमणको केन्द्र बनेपछि छर्लङ्गै भएको उनले प्रष्ट्याए । ‘पुँजीवादीहरुमा सेवाभाव भन्ने हुँदैन । उसले खाली कमोडिटी मार्केट हेर्छ । त्यसको उदाहरण प्रष्टै छ नि, केही प्रतिशतमा बृद्धहरु मर्छन भन्ने मनोदशामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखिनु’, उनले भने– ‘पुँजीवादले भूमण्डलीकरण सृजना गर्यो अहिले त्यसको असर कोरानाको भाइरसको संक्रमणमा प्रकट भयो ।’

आदिवासीवाद जर्वजस्त स्थापित भएको दलिल पेश गरे भट्टचनले । ‘भूमण्डलीकरणले जन्माएको समस्या छर्लङ्गै भएको छ । त्यसको परिणाम अहिले कोरोनाको महामारी । एउटै उदाहरण हेर्नु त ? गाउँमै आदिवासीहरुलाई आत्मनिर्भर बनाएको भए ढोरपाटनको मान्छे कतार जानु पर्ने थिएन । कतारबाट उ ढोरपाटन फर्कियो । कोरोना संक्रमणको आशंकाले होम क्वारेन्टाइनमा बस्नु पर्यो । त्यहीँ पनि पुँजीवादमा आश्रित मिडियाले समाचार विकाउन उसलाई बसिखान दिएनन् । पुँजीवाद कसरी ध्वस्त हुँदैछ भन्ने नमूना यही हो’, उनले भने । 

‘पुँजीवादले संस्कृतिको पुरै क्षय गर्छ । युगौ–युगमा निर्माण भएका आत्मियताको मूल्य, मान्यतालाई मासिदिन्छ । मान्छेको ज्ञान जति उचाईंमा पुग्छ, उति नै उसले अरु केही होइन भन्छ । सम्भवतः इतिहासमा कुनै अवधिमा मानव जातिले यति धेरै झुठ, छलछाम, जालझेलको भारी झेल्नु परेको थिएन ।

पुँजीवाद के हो ? भन्ने बुझाई र बहसमा आ–आफ्नै दृष्टिकोण छन् । पुँजीवादलाई अर्थयाउँदै चैतन्य मिश्रले लेखेका छन्– ‘सिङ्गो उत्पादप्रणाली पुँजीको आधारमा निर्माण र पुनर्निमाण हुन्छ र पुँजीको आर्जन, पुँजीको लगानी र यसमार्फत थप पुँजीको पुनर्आजन उत्पादनप्रणाली र कार्यको एकमात्र ध्येय बन्छ । उत्पादन भौतिक आवश्यकता, विचार, आदर्श, समानता, प्रजातन्त्र आदि सबै पुँजी निर्माण र पुनर्निमाणका सामु गौण बन्छ ।’

सन् १९८६ फेरवरी २५ मा सोभियत संघको कम्युनिस्ट पार्टीका २७औं कांग्रेसमा महासचिव मिखाईल गोर्वाचोवले राजनीतिक रिर्पोटमा पुँजीवादको लामै आलोचना गरेको पाइन्छ । 

‘पुँजीवादले संस्कृतिको पुरै क्षय गर्छ । युगौ–युगमा निर्माण भएका आत्मियताको मूल्य, मान्यतालाई मासिदिन्छ । मान्छेको ज्ञान जति उचाईंमा पुग्छ, उति नै उसले अरु केही होइन भन्छ । सम्भवतः इतिहासमा कुनै अवधिमा मानव जातिले यति धेरै झुठ, छलछाम, जालझेलको भारी झेल्नु परेको थिएन ।

बुर्जुवा प्रचार प्रसार सारा दुनियाँमा, व्यक्ति–व्यक्तिलाई मनोगत सूचना, विचार, भावना, तथा शासक वर्गका लागि लाभ पुर्याउने काम मात्रै भएको छ । नागरिक तथा सामाजिक रुपमा यसले भिमकाय रुप मात्रै थोपार्दैछ’, गोर्वाचोवले आफ्नो रिपोर्टमा पुँजीवादलाई प्रहार गर्दै भनेका छन् ।

भट्टचनले भने जस्तै आदिवासीवाद निर्विकल्प हो त ? यो ‘वाद’को त्यति धेरै साङ्गोपाङ्गो लागेको छैन तर, बहस लामै चलेको देखिन्छ । पुँजीवाद र भूमण्डलीकरणबाट भने आदिवासीवाद सधैं ओझेलमा परेको देखिन्छ । ‘पहिले राउटेहरुले बाहिर अरु समुदायकालाई वस्तिमा जान दिन्नथे । अचेल एनजीओ, सामुदायिक बनका कारण बाध्य भएर अन्य समुदायसम्म घुलमिल हुन पुगे । अहिले धेरै रोगी बनिसके’, भट्टचनले अर्को उदाहरण दिए । 

सत्तरीको दशकमा भारतमा आदिवासीवाद बारे केही बहस भएको देखिन्छ । सन् १९७६ मा डा. रामराज सिंहले ‘आदिवासी अर्थव्यवस्थाको साँस्कृतिक आधार’ पुस्तकमा बैज्ञानिक क्लिजोएनले सन् १९३६ मा आदिवासी सीपकला बारे गरेको टिप्पणीको खण्डन गरेर बहस छेडेको पाइन्छ ।

‘जब कुनै व्यक्ति हृष्ठपुष्ट मासपेशी हुँदासम्म आफ्नो हातमा उसले निपुणता देखाउँछ । यो कठिन काम हो । लामो समय धैर्य गर्नुपर्छ, समय अत्याधिक लाग्दै जाँदा प्रविधि अविकसित हुन्छ । यही प्रविधिमा रहे सारा भारत प्रविधिमा अविकसित सिद्ध हुन्छ’, क्लिजोएले आदिवासी सीपकला माथि टिप्पणी गरेका थिए ।

त्यसको प्रतित्तरमा क्लिजोएनको दृष्टिकोणको कुनै महत्व नभएको औंल्याउँदै डा. सिंहले भनेका छन्– ‘यहाँ पाश्चात्य संस्कृतिका लागि मात्रै सिमितता छ कि, उत्पादनको प्रविधि एक अपाश्चात्य संस्कृतिमा विकसित भयो ? भन्ने वास्तविकतामा आधारित छैन क्लिजोएनको भनाई ।’ 

डा. सिंहले बरु बैज्ञानिकहरुलाई चुनौति दिंदै भनेका छन्– ‘बैज्ञानिकको कर्तव्य यो हो कि यहाँ समाज विकासको प्रक्रिया, उसको आवश्यकता, ज्ञान, सीप, विश्वास र संसाधनको सन्दर्भमा रहेर अध्ययन गर ।’

महामारीबाट मानवको जति क्षति भएको दुखान्त इतिहास छ, त्यो शोकले नयाँ शक्तिमा बद्लिएको इतिहास साक्षी विश्वसामु छ । त्यसैले अहिले हामी जुन रुपमा छौं कोरोना भाइरसबाट बच्नु पहिलो प्राथमिकता हो । तर, यो महामारीको अन्त्यको दिन कुरेर बस्नु भन्दा नयाँ विचार, नयाँ जीवनशैली, इतिहासमा पुर्खाले गरेका कामबाट पाठ सिक्दै भावी पुस्तालाई केही नयाँ आविष्कार दिने बहसमा केन्द्रित हुन जरुरी छ ।

याे पनि :

कोरोनाको मानवशास्त्र : 'सामाजिक दुरी कायम नगरौं'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर