• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दक्षिण कोरियाको कोरोनासँग जुध्ने शैली विश्वका लागि एक उदाहरण

सोल । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्पतालको पछाडि कार पार्किङबाट आफ्नो कारलाई बाहिर निकाल्दै गर्दा ४५ वर्षीया रशेल किम आफ्नो कारको सिसा तल झार्छिन् र आफ्नो जिब्रो बाहिर निकाल्छिन्  । उनी गत साता मात्रै डेङ्गुई गएकी थिइन् । दक्षिण कोरिया डेङगुई त्यो क्षेत्र हो, जुन कोरोनाको चपेटामा थियो । 

त्यहाँबाट फर्किएपछि नै रशेललाई खोकी सुरु भएको भएको थियो र ज्वरो पनि सुरु भएको थियो । यतिबेला विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । यस्तो अवस्थामा आफू पनि कोरोना संक्रमित भए कि भन्ने शंकाले घेर्यो । 

उनले परीक्षण गर्ने फैसला गरिन् । दक्षिण कोरियामा यस्ता दर्जनौँ केन्द्र बनाइएको छ जहाँ गाडीमा बसी बसी परीक्षण गर्न सकिन्छ । यी केन्द्रहरुमा शिरदेखि खुट्टासम्म सेतो रंगको सुरक्षात्मक कपडा लगाएका स्वास्थ्यकर्मी उभिरहेका हुन्छन् । उनीहरुको हातमा सुरक्षित ग्लोब्स हुन्छन् भने आँखामा चस्मा र मुखमा सर्जिकल मास्क हुन्छ । 

सेन्टरमा उभिएका ती दुईमध्ये एक जनाले रशेललाई एउटा स्वेब दिन्छ । रशेल त्यसलाई आफ्नो मुखभित्र राख्छिन् । त्यसपछि एक टेस्ट्र–ट्युबमा सुरक्षित राख्दै जाँचका लागि उघिएको अर्को व्यक्तिलाई दिन्छिन् । त्यसपछि हुन्छ एक जाँच । 

अर्को स्वेब नाकबाट भित्र पसाउँछिन् । यसले दुखाई दिन्छ र उनको आँखामा पानी आउँछ । तर यो सबै प्रक्रिया जम्मा एकदेखि डेढ मिनेटमा पूरा हुन्छ । यो सबै प्रक्रिया सकिएपछि उनी आफ्नो कारको सिसा माथि तान्छिन् र कार चलाउँदै पार्किङ क्षेत्रबाट निक्लिन्छिन् । यदि उनको रिपोर्टमा पोजिटिभ आयो भने उनलाई फोन गरेर यसबारे सूचित गराइनेछ । यति रिपोर्ट नेगेटिभ आयो भने एक म्यासेज पठाइन्छ । 

नेगेटिभ प्रेसर कक्षः 
दक्षिण कोरियामा हरेक दिन २० हजार मासिनको जाँच गरिन्छ । परीक्षणको यो आंकडा कुनै पनि अर्को देशकोभन्दा निक्कै बढी हो । रशेल पार्किङबाट निक्लिएको केही समयपछि नै उनको नमूना नजिकैको प्रयोगशालामा पठाइएको छ । दक्षिण कोरिायमा कोरोना भाइरसको परीक्षणका लागि बनाइएका यी प्रयोगशाला २४ सै घण्टा काम भइरहेको हुन्छ । 

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस प्रकारका थुप्रै ल्याब तयार गरिएका छन्, जसले फ्रन्ट लाइनमा यस महामारीलाई मात दिने काम गरिरहेको छ । दक्षिण कोरियाले कोरोना भाइरस परीक्षणका लागि ९६ सार्वजनिक र नीजि ल्याब निर्माण गरेको छ । 

यसरी नागरिकको जिन्दगी बचाउन सकिने स्वास्थ्य अधिकारीहरुको मान्यता छ । दक्षिण कोरियामा कोरोनाका कारण मृत्युदर ०.७ प्रतिशत छ । यदि वैश्विक स्तरमा विश्व स्वास्थ्य संगठनको तर्फबाट जारी गरिएको दरको कुरा गर्ने हो भने यो ३.४ प्रतिशत हो । 

म ग्रिन क्रोस ल्याबतर्फ लागे जुन राजधानी सोलको बाहिरी भागमा स्थापित गरिएको छ । जब म त्यहाँ पुगे नमूनाको नयाँ स्टक परीक्षण गर्न आइपुगेका मात्रै थिए । डा. ओह येजिङले हामीलाई पुरै प्रयोगशाल देखाए, तर एक ठाउँमा पुगेपछि उनी रोकिए, किनकि हामी त्यहाँभित्र जान निषेध गरिएको छ । 

उनले भने, ‘यही नेगेटिभ प्रेशर कक्षमा परीक्षण गरिन्छ ।’ उक्त कक्षभित्र दुई चिकित्सक थिए । उनीहरुले हल्का पहेलो रंगको सुरक्षात्मक कवच लगाएका थिए । उनीहरु एकै कोठाभित्र कहिले यता कुना कहिले उताको कुना कुदेको मात्रै देखिन्छ । उनीहरु एक मेचमा राखिएको टेस्टट्युबलाई उठाएर अर्को मेचमा राखिरहेका थिए । 

हामीले नजिकै दर्जनौँ मेसिनका आवाजहरु सुनिरहेका थियौँ । उनीहरु लगातार काम गरिरहेका थिए र नतिजा दिइरहेका थिए । उनीहरु पिसीआर(पोलिमरेज चेन रियाक्सन) जाँच गरिरहेका थिए । यदि सामान्य भाषामा भन्ने हो भने उनीहरु कुन चाँहि नमूना पोजिटिभ हो भनी पत्ता लगाइरहेका थिए । टेस्ट–ट्युबमा नमूना भण्डारण गर्नुदेखि लिएर नतिजा आउने समय पाँचदेखि ६ घण्टासम्म लाग्छ । 

प्रोफेसर चियोल कोन ल्याबेरोटरी फाउन्डेशनका अध्यक्ष हुन् । यी सबै कुुरा यति छिटो गर्न सक्नु दक्षिण कोरियाली जीनको हिस्सा भएको उनी बताउँछन् । उनी यसलाई कोयाली भाषामा ‘पाली–पाली’ जीन भन्छन् । दक्षिण कोरियाली शब्द ‘पाली’ शब्दको अर्थ छिटो भन्ने हुन्छ । 

उनी यस कारण यसो भनिरहेका छन् कि दक्षिण कोरियाले परीक्षणको तरिका खोज्न सफल बन्यो र उसले पुरै देशमा प्रयोगशालाहरुको एक यस्तो सञ्जाल तयार गरेको छ, जुन १७ घण्टाभित्र नै सक्रिय रुपले काम गर्न थाले । 

तर यी सबै प्रक्रियाको पछाडि एक निक्कै तीतो अनुभव छ । चियोल कोन भन्छन्, ‘हामीले कुनै पनि नयाँ संक्रमणको खतरासँग लड्न सिकेका छौँ । यो सन् २०१५ मा फैलिएको मर्स महामारीको सिकाईको नतिजा हो ।’

त्यस समय मर्सका कारण दक्षिण कोरियामा ३६ जनाको ज्यान गएको थियो । ३६ मानिसको मृत्युले यस देशलाई संक्रमणको सामना गर्नका लागि छिटो र उपयोगी कदम उठाउनका लागि प्रेरित गर्यो । यसका साथै दक्षिण कोरिया आफ्नो दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सफल भयो । 

दक्षिण कोरियाको रोग निवारण केन्द्रले एक विभागको स्थापना नै गरेको छ, जुन यस प्रकारका खराबभन्दा खराब परिस्थितिको सामना गर्न सँधै तयार रहन्छ । र यतिबेला कोरोना भाइरसले विश्वभरका थुप्रै देशलाई संकटमा पारिरहेको अवस्थामा दक्षिण कोरियाको यही तयारीले उसलाई लाभ दिइरहेको छ । 

प्राध्यापक कोन भन्छन्, ‘मलाई लाग्छ, सुरुमै संक्रमित व्यक्तिको पहिचान गरी उनीहरुको सही जाँच गरेर उनीहरुलाई आइसोलेसनमा राखेर मृत्युदर रोक्न सकिन्छ र भाइरसको प्रसारलाई पनि नियन्त्रण गर्न सकिन्छ ।’

हरेक पुराना अनुभवबाट शिक्षा लिन आवश्यक रहेको र पहिलेबाटै प्रणलीलाई तयार राख्न आवश्यक रहेको उनी बताउँछन् । 

फेब्रुअरीको सुरुवातसम्म ग्रीन क्रस समूहका लागि सबै कुरा सामान्य थियो, तर त्यसपछि एक संक्रमितको पहिचान भयो, जसलाई दक्षिण कोरियामा उनलाई ‘पेसेन्ट–३१’को नामले पनि चिनिन्छ । उक्त संक्रमित महिलाको कुनै यात्रा हिस्ट्री थिएन, त कुनै संक्रमितको सम्पर्कमै थिइन् । 

उनी शिन्चेओन्जी चर्च अफ जिजससँग जोडिएकी थिइन् । यस धार्मिक सदस्यका करिब दुई लाख सदस्य छन् । यही एक कुराले यस प्रकोपको मूल श्रोतलाई खोज्ने र फैलिएको बारेमा जानकारी दियो । 

दक्षिण कोरियामा परीक्षणका लागि प्रयोगशालाहरु तयार थिए । यद्यपि, कर्मचारीहरुले लगातार काम गर्न र थाक्नु एक समस्याको रुपमा अवश्य थियो । तर, अब उनीहरु पालोपालो गर्दै काम गर्छन् । 

सबैका लागि एक उदाहरणः
दक्षिण कोरियामा परीक्षण किट्सको कुनै अभाव छैन । चार कम्पनीलाई यस्ता किट्स बनाउन अनुमति दिइएको छ । यसको अर्थ हुन्छ कि दक्षिण कोरियासँग हरेक साता करिब एक लाख ४० हजार परीक्षण गर्न सक्ने क्षमता छ । 

दक्षिण कोरियामा जनु परीक्षण गरिन्छ त्यसको प्रमाणिकता ९८ प्रतिशत रहेको प्राध्यापक कोन बताउँछन् । यति ठूलो संख्यामा मानिसको जाँच गर्ने क्षमता र योग्यताले यस देशलाई विश्वमा अर्को देशका लागि रोल मोडेलको रुपमा स्थापित गरेको छ । एक यस्तो देशको रुपमा जो कोरोना भाइरसँग लड्नका लागि तयार छ । तर सबै कुरा राम्रो मात्रै छैन, केही भ्रमहरु पनि उत्पन्न भए ।

जति व्यक्तिको नमूना जम्मा भएको छ, उनीहरुको पनि जाँच भइरहेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरससँग जुध्न जे जति उपाय अपनाइयो, त्यसमा ‘लकडाउन’ कही पनि भएन । अर्थात् सुरक्षा उपायहरुको नाममा कहिल्यै बन्द नै गरिएन, न त सडक आवतजावतमै प्रतिबन्ध लगाइयो । 

करिब पाँच करोड जनसंख्या रहेको यस देश भाइरससँग लड्नका लागि हरे सानाभन्दा साना प्रयासलाई पनि महत्व दिइन्छ । विद्यालय अहिलेसम्म पनि बन्द छ । नागरिकलाई घरबाटै काम गर्न भनिएको छ र कुनै पनि प्रकारको समारोह आयोजना नगर्न आदेश दिइएको छ । 

धेरैजसो मानिस मास्क लगाएको देखिन्छ । हरेक प्रमुख भवन बाहिर थर्मल ट्रेसिङको व्यवस्था गरिएको छ । हरेक लिफ्टमा हेन्ड सेनिटाइजरको व्यवस्था गरिएको छ । ठाउँ–ठाउँमा मानिस उभ्याइएको छ, उनीहरु आउने–जाने मानिसलाई बेलाबेला हात धुनका लागि भनिरहेका हुन्छन् । 

दक्षिण कोरियामा विस्तारै यो चलन आम हुँदै गइरहेको छ । तर स्वास्थ्य अधिकारी अहिले पनि सावधान छन् । अहिले पनि लापरवाही गर्नु खतरनाक प्रमाणित हुनसक्ने उनको मान्यता छ । यदि कुनै चर्च, कार्यालय वा समाजमा एक जनाले मात्रै लापरवाही गर्यो भने यसको परिणाम भयानक हुन्छ । 

रशेल किमले नमूना दिएको भोलिपल्ट एक म्यासेज आयो जसमा उनलाई कोरोना भाइरस नभएको बताइएको थियो । तर पनि उनी भन्छिन्, ‘परीक्षणपछि यो सन्देश पाउनु आनन्दायी छ । अब म अरु कसैका लागि पनि खतरा नभएको अर्को रातहतको कुरा हो ।

(बिबीसी संवाददाता लौरा बिकरले तयार पारेको यस सामाग्री समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर